“धुन” सार्वजनिक

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्। सोही क्रममा चर्चित गायिका रमला पाख्रीन तामाङको नयाँ गीत “धुन” सार्वजनिक भएको छ ।

यस गीतमा उनै रमला पाख्रीन तामाङ र कमल खत्रीको स्वर रहेको छ रहेको छ भने कमल खत्रीको शब्द, संगीत रहेको छ । उनले गाएको गीत “म्हेन्दो माया” थुप्रै दर्शक स्रोताहरुले रुचाएका थिए । त्यही गीतले उनी ७/८ वटा जती बिदेशको सांगीतिक कार्यक्रममा पनि पुगेकी छिन् ।

यस गीतको भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका छन् भने उत्सव दाहालको छायांकन, विकाश दाहालको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा मिरुना मगर र गणेशमान घलेको जोडदार अभिनय रहेको छ । यस गीतलाई रमला पाख्रीन तामाङ कै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । “धुन” गीत सार्वजनिक कै अवसरमा तारकेश्वर – १०, मनमैजु, काठमाडौं स्थित एकिकृत समृिद्ध नेपाललाई रमला पाख्रीन तामाङले बिभिन्न खाधान्न सहयोग गरेकी छिन् ।

एकिकृत समृिद्ध नेपालमा रुकुम र जुम्लामा जनआन्दोलनमा ज्यान गुमाएका ब्यक्तिका छोरा छोरीहरु हालः ३ दर्जन भन्दा बढी बस्ने र पढ्ने गर्छन् । तिनीहरुलाई केही मात्र भएपनि भोक भेटाउन सकु भनेर यो सहयोग गरेकी हुँ भनेर रमला पाख्रीन तामाङले बताएकी छिन् । रमिला पाख्रिन तामाङले बिगतमा पनि थुप्रै दुखी गरिबहरुलाई सहयोग गर्दै आईरहेकी छिन् ।

हेर्नुहोस् भिडियो ।

प्रतिक्रिया दिनुहोस्